किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



संक्रमणको कारण ती पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो । पाठकका अनुसार स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए ।

सम्बन्धित समाचार