नवकान्तिपुर संवाददाता
मुम्बई, ११ भदौ ।
सुशान्त सिंह राजपूतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले रियाले आफ्ना छोरालाई लामो समयदेखि विष खुवाएको आरोप लगाएका हुन् । उनले रियालाई आफ्नो छोराको हत्यारा भएको पनि आरोप लगाएका छन् ।
साथै केकेले रियालाई तत्काल पक्राउ गर्न माग गरेका छन् । भारतीय टिभी च्यानल जी न्यूजले कुराकानीका क्रममा सुशान्तका पिताले यस्तो आरोप लगाएको लेखेको छ । ‘रियाले मेरो छोरालाई लामो समयदेखि विष दिइरहेकी थिई, ऊ मेरो छोराकी हत्यारा हो,’ केके सिंहले भनेका छन् ।
हालै खबर आएको छ कि, रियाले ड्रग खरिद गर्ने काम पनि गर्थिन् । भारतीय मिडियालाई विश्वास गर्ने हो भने रियाले सुशान्तको चिया, कफी र पानीमा रियालाई सीबीडी आयल नामक ड्रग्स दिने गर्थिन् । यसबारेमा अनुसन्धान भइरहेको छ ।
सुशान्त केही महिनाअघि मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका थिए । उनको मृत्युको कारण के थियो भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ ।