नवकान्तिपुर संवाददाता
जनकपुरधाम, ११ भदौ ।

धनुषामा थप एकजना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका सो पुरुषको त्यो दिननै स्वाब लिई कोरोना परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको छ ।
झाले भने, ‘मृतक बुधबार अस्पताल आएपछि उनको स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृत्यु भएको थियो र आज उनको रिपोर्ट आएकोमा कोरोना संक्रमण देखिएको छ ।’
मृतक टि।वि। तथा मधुमेहका रोगी थिए। यससँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

