दिदीभाइलाई शारीरिक सम्पर्क गर्न लगाइ भिडियो खिच्ने होम तामाङ फरार

मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा निगुरो टिप्न जंगल गएको अवस्थामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।लक्ष्मीमार्गस्थित जंगलमा निगुरो टिप्ने क्रममा ४० वर्षीय होम तामाङले चिनजानकै किशोरीमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मंगलबार तामाङले निगुरो टिप्न गएकी किशोरीमाथि जंगलमा अन्य तीन बालकलाई समेत शारीरिक सम्पर्क गर्न पठाएका थिए। कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार किशोरी आफ्नै छिमेकमा रहेका नाता पर्ने भाइहरुलाई लिएर निगुरो टिप्न जंगल गएको अवस्थामा घटना भएको हो।



जंगलमा लाठीसहित त्रास देखाएर तामाङले तिनै नाता पर्ने भाइहरुबाट सुरुमा किशोरीसँग शारीरिक सम्पर्क गर्न लगाएका थिए। किशोरीको नातासमेत पर्ने ११, १२ र १३ वर्षका बालकलाई तामाङले शारीरिक सम्पर्क गर्न लगाएको खुलेको प्रहरी निरीक्षक ढकालले बताए।

प्रहरीका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई सुरुमा मैले जेजे भन्छु त्यही मान्नु नभए मारिदिन्छु भन्दै पालैपालो किशोरीमाथि शारीरिक सम्पर्क गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको खुलेको छ।

प्रहरीका अनुसार यस घटनाको तामाङले मोबाइलबाट भिडियो समेत बनाएका छन्। घटना भएको भोलिपल्ट बुधबार घरमा चारैजनाले मानसिक रुपमा विक्षिप्त व्यवहार गरेपछि परिवारजनले सोधीखोजी गरेका थिए।

घटनाका बारेमा जानकारी भएपछि अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् ।

प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ । घटना बाहिरिएपछि बलात्कारमा संलग्न नाइके तामाङ फरार रहेकाले खोजी थालेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार