नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदाै ।

लमजुङ जिल्लामा शुक्रबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा शुक्रबार साँझ लमजुङका २४ जना कोरोना संक्रमण पुष्टि भएको हो । दिउँसो संक्रमण पुष्टि भएका २ जनासहित शुक्रबार लमजुङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये २० जना बेशीसहरमा कार्यरत नेपाल प्रहरीका जवान रहेका छन् भने एक जना थुनुवा रहेका छन् । त्यस्तै एक जना महिला बेशीसहर सामुदायिक अस्पतालकी कर्मचारी हुन् । बाँकी अन्य सबै कन्ट्रयाक्ट ट्रेसीङबाट पत्ता लागेका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
लमजुङमा अहिलेसम्म १५२ जनामा संक्रमण देखिएकोमा ९३ जना उपचारपछि निको भएका छन् । गण्डकी प्रदेशमा भने कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६७२ रहेको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २ हजार ५६ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


