काभ्रे, सल्यान र झापाका सीडीओ फेरिए

गृह मन्त्रालयले ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । सरुवा हुनेमा काभ्रे, सल्यान र झापाका सीडीओ रहेका छन् ।

मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई ल्याइएको छ ।



सल्यानको प्रमुख जिल्ला अधिकारीमा भने गृह मन्त्रालयका हेमराज तामाङलाई पठाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदय रानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेपछि झापामा प्रजिअ पद खाली रहेको थियो ।

सम्बन्धित समाचार