कोरोनाले नेपालमा ४९ हजार मानिसको मृत्यु हुन्छ भन्ने अनुमान शतप्रतिशत गलत : डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन् ।

यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै उनले खण्डन गरेका हुन् ।



उनले भनेका छन्, ‘एउटा अध्येताका नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।’

शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भ्रमको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरेका छन् । ‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्नेलगायत कुनै पनि तथ्यांक सही छैनन्, उनले लेखेका छन्, महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु ।’

https://www.facebook.com/sameer.rabindra/posts/3067338633364935

सम्बन्धित समाचार