बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आइतबार कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।



अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार