एकैदिन कोरोनाको कारण १४ जनाको मृत्यु, मृतक संख्या २ सय २१ पुग्यो

नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमध्ये १० जना पुरुष र ४ जना महिला रहेका छन् । हाल नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । शनिवार मात्र नेपालमा कोरोनाको कारण १२ जनाको मृत्यु भएको थियो ।



सम्बन्धित समाचार