नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदाै ।

जल तथा मौसम विज्ञान विभागले आज पनि मुलुकका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले प्रदेश १, २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ।
आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ का एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
मंगलबार भने देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

