अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा आउने

सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।



यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।

सम्बन्धित समाचार