कंगनाको ‘ट्याटू’ भाइरल

बलिउड अभिनेत्री कंगना रनौतले हालै मात्र ट्वीटर ज्वेन गरेकी छन् । त्यसपछि उनी चर्चामा रहेकी छन् । उनले आफ्नो घाँटीमा रहेको ट्याटूको एक फोटो शेयर गर्दै एक पोस्ट गरेकी छन् । उनले यो फोटोसँगै ट्याटूको कहानी पनि बताएकी छन् ।

उनले लेखेकी छन्, एक दशक भन्दा पनि पहिला मैले यो आफ्नो घाँटीको ठीक तल दुई विंग्स बनाएकी थिएँ, तर यसको केही मतलव निस्किएन ।



फेरि मैले केही महिना पछि यसमा एक क्राउन बनाएँ, तर यसमा पनि कमी थियो, त्यसपछि मैले ट्याटूको बीचमा तरवार बनाएँ र राम्रो लाग्यो ।

 

सम्बन्धित समाचार