नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
अभिनेत्री कंगना रानावतले भारतको एउटा न्यूज च्यानलसँग कुराकानी गर्दा खुलासा गरेकी छिन् ‘बलिउडमा खाना जसरी ड्रग्सको सेवन हुन्छ ।’ उनले भनेकी छिन् ‘यो फिल्म इडस्ट्री गटर जस्तो छ जहाँ कोकिन र एलएसडी जस्ता ड्रग उनीहरू भोजन र पानी जसरी लिन्छन् ।’
सुशान्त सिंह राजपुत मामिलामा रिया चक्रवर्तीको केही च्याटस् सामुन्ने आएको छ जसमा ड्रग्सको उल्लेख गरिएको छ र यो संकेत गरिएकोे छ कि उनले कथित रूपमा नबताइकन सुशान्तलाई ड्रग्स दिइरहेकी थिइन् । यसमा प्रतिक्रिया दिंदै कंगनाले भनेकी छिन् ‘रियाको च्याट्स देखेर यो लाग्दछ कि उनले हार्ड ड्रग्सको सौदा गर्दछिन् र सुशान्तलाई बर्बाद गर्नको लागि हार्ड ड्रग्सको प्रयोग गरेको हुन सक्छ ।’
कंगनाले अगाडि रियाको त्यस दाबी माथि प्रतिक्रिया दिइन् जसमा उनले भनेकी थिइन् कि सुशान्तले ड्रग्स लिन्थे । क्वीनको अभिनेत्रीले भनिन् ‘मलाई लाग्दैन कि सुशान्तले ड्रग्स लिन्थे । यस्तो भनिन्छ कि उनले मारिजुआना लिइरहेका थिए जुन हार्ड ड्रग्समा आउँदैन ।’ त्यसो भए के हार्ड ड्रग्स उनलाई तोड्नको लागि प्रयोग भयो ? रियाको सुशान्तको जीवनमा आउनुभन्दा पहिले हार्ड ड्रग्सको ट्रेस थियो तर सुशान्तको लाइफमा हार्ड ड्रग्स रियाभन्दा पहिले थिएन ।
सुशान्त मामिलामा ड्रग्स एंगलबाट पनि जाँच भैरहेको छ । NCB ले नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेंस एक्ट (NDPS) को धारा २०, २७ र २९ अनुसार केस फाइल गरिएको छ । यो धारा अवैध ड्रग्सको खरीद र खपतमा आपराधिक साजिससँग सम्बन्धित छ । यस मामिलामा NCB ले चाँडै नै रियालाई उपस्थिति हुन आदेश पठाउन सक्छ ।
सूत्रको अनुसार NCB ड्रग कार्टेलको साथ रिया र उनको भाइ शौविक चक्रवर्तीको लिन्कलाई लिएर जाँच भैरहेको छ । सूत्रले बताएको छ कि CBI र ED ले ड्रग कार्टेलसँग जोडिएको २० बलिउड सितारा र राजनेताहरूको सूची तैयार पारेको छ जुन जाँचको दायरामा आएको छ । यस सूचीलाई NCB को साथ दुबै जाँच एजेन्सिहरूले साझा गरेका छन् ।