बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो । यससँगै काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

निगमले इस्वी सम्वत् महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ। ईण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मुल्य अनुसार पेट्रोको मूल्य बढाइएको निगमले जानकारी दिएको छ। डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।



नयाँ समायोजन गरिएको मूल्य भारतभन्दा विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जानकारी दिएको छ।

सम्बन्धित समाचार