नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि तोलाको १२ सय रुपैयाँले सस्तिएर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
सुन सस्तो बन्दा चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबारदेखि सुनको मूल्य निरन्तर बढेर पुनः तोलाको लाख रुपैयाँतर्फ उन्मुख भएकोमा बुधबार फर्किएको हो ।