कोभिड-१९ को महामारी र निषेधाज्ञाका बाबजुद रातो मच्छिन्द्रनाथको रथ तानियो

कोभिड-१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ । सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको रथजात्राको साइत यस पछि नरहेको भन्दै आज राथजात्रा निकालेका हुन् ।

रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो । ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन सुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ ।



तर यस वर्ष कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन । तर पनि साउन १० गते नागमपञ्चमीको दिन दिउँसो १२ बजेको शुभसाइतमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो ।

रथमा विराजमान गराइएको चारदिनपछि रथजात्रा शुरु गर्नुपर्छ । तर कोभिड-१९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ विराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए ।

सम्बन्धित समाचार