पुल्चोकमा भएको मच्छिन्द्रनाथ भिडन्तमा केही स्थानीय र पत्रकार घाइते

पुल्चोकमा भएको स्थानीय र प्रहरीको भिडन्तका क्रममा केही स्थानीय र केही पत्रकारहरु घाइते भएका छन् । सडकमा भएको भिडन्तमा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजेपछि स्थानीयहरुले घरको छतबाट आक्रमण गरेका हुन् ।

भिडन्तमा स्थानीयहरुले ढुँगा प्रहार गरेका छन् भने प्रहरीले पनि ढुंगा, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । कोरोना भाइरस महामारीको कारण स्थगित भएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई स्थानीयहरुले आफ्नै पहलमा बिहिबार तान्न खोजेका थिए।



रथलाई पुल्चोक दमकलबाट गाबहाल लगिँदै थियो । स्थानीय प्रशासनले भिड नगर्न अनुरोध गर्दागर्दै उर्लिएको भिडलाई नियन्त्रण गर्ने क्रममा भिडन्त भएको हो ।

सम्बन्धित समाचार