वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । आज साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।



प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

स्रोतका अनुसार गौतमलाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । सचिवालय बैठकले मन्त्रिपरिषद् पुर्नगठनको लागि पनि प्रधानमन्त्री ओलीलाई अनुमति दिएको छ ।

 

सम्बन्धित समाचार