संक्रमितको मलामी गएका एकैघरका १५ जना संक्रमित

कोरोना संक्रमितको मलामी गएका रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजेटिभ देखिएको थियो। मृत्युपछि र अन्तिम दाहासंस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।

एकैघर परिवारका १० जना सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राति आएको थियो ।



मलामी गएका परिवारका सदस्यसहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरेका थियो। जसमध्ये अहिलेसम्म १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ। केही रिपोर्ट आउन बाँकी छ।

रोहिणी गाउँपलिकाले चैनपुर गाउँ सिल गरेको छ। धकधई बजारदेखि उत्तर चैनपुरटोलमा कोरोना भाइरस समुदायमा फैलिएका कारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ दिनको लागि पूर्ण रुपमा निषेधित गरिएको छ।

सम्बन्धित समाचार