
ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ । बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइने बताइएको छ । ललितपुर महानगरपालिकामा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने आंकलन गर्दै कर्फ्यु लगाइने भएको हो ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको बताएका छन् ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा आज दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा सात जना प्रहरी भाइते भएका थिए ।

