यस्तो छ आजको मौसम पूर्वानुमान

आज देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिंक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति भने केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार