पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।



हिजो आन्दोलन भएपछि आज ललितपुरमा कर्फ्यु लगाइएको छ । राति १० बजेसम्म कर्फ्यु जारी रहने छ । ललितपुर महानगरपालिकामा स्थिति नियन्त्रण भन्दा बाहिर जानसक्ने आंकलन गर्दै कर्फ्यु लगाइने भएको हो ।

सम्बन्धित समाचार