अर्थ र सञ्चार मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छिन् ।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड (क) बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ ।



नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पाठाउने निर्णय भएपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार