खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन : भट्टराई

सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अढाई वर्षे कार्यकाल समाप्त हुनु एक दिनअघि शुक्रबार साँझ पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाले शुक्रबार साँझ नै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडाको बहिर्गमनप्रति पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पाटी नेता डा.बाबुराम भट्टराईले तीखो टिप्पणी गरेका छन् । खतिवडाको राजीनामापछि शुक्रबार भट्टराईले ट्विट गर्दै दुई तिहाइ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताएको टिप्पणी गरेका छन् ।



‘डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन । २-३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए’ भट्टराईले ट्विटमा लेखेका छन् ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु !’

सम्बन्धित समाचार