थप ९ संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।



यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा।गौतमले जानकारी दिए ।

यसअघि शुक्रबार नेपालमा एकैदिन सर्वाधिक १४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो

सम्बन्धित समाचार