नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।
प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि स्वाब दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।
परीक्षणसँगै होम आइसोलेसनमा बसेको, कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य भएको सांसद सुवालले बताए । ‘ सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको छु,’ उनले भने, ‘दुई सातादेखि कुनै कार्यक्रममा सहभागी भएको छैन ।’
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्यामासिंहमा पीसीआर परीक्षण गराएको उनले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।