नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणरले नयाँ मोड लिएको छ । घटना अनुसन्धानका लागि सोमबार राति मुम्बई प्रहरीले सुशान्तकै बहिनी बहिनीविरूद्ध एफआईआर दर्ता गरेको हो ।
समाचार एजेन्सी एएनआई के अनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको गुनासोबमोजिम सुशान्तकै बहिनी प्रियंका शाह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डाक्टर तरुणकुमारलगायतविरुद्ध बान्द्रास्थित प्रहरी कार्यालयमा एफआईआर दर्ता गरिएको हो । जसमा उनीहरूविरुद्ध सुशान्तलाई आत्महत्याका लागि दुरुत्साहन, धोका र आपराधिक षड्यन्त्र गरेको आरोप लगाइएको छ । सोमबार रिया चक्रवर्तीले बान्द्रास्थित प्रहरी कार्यालयमा गएर सुशान्तकी बहिनी प्रियंका सिंह र डाक्टर तरुणकुमारविरुद्ध नक्कली प्रेस्क्रिप्सन एवं टेली मेडिसिन प्राक्टिस गाइडलाइन उल्लंघन गरेको आरोप लगाउँदै एफआईआर दर्ता गर्न अनुरोध गरेकी थिइन् ।
रियाले आफ्नो लिखित गुनासोमा गत जुन ८ का दिन सुशान्तले आफ्नी बहिनीसँग मोबाइलमा भएको मेसेज कुराकानी देखाएको र त्यसमा उनकी बहिनीले उनलाई केही औषधि लिन भनिएको उल्लेख गरेकी थिइन् । रियाका अनुसार उनले सुशान्तलाई सम्झाउने प्रयास गरेकी थिइन् कि सुशान्तले डाक्टरले भनेका औषधि मात्र खानुपर्छ, बहिनीले भनेको औषधि खान हुँदैन, किनकि उनले कुनै मेडिकल डिग्री लिएकी छैनन् । सुशान्तकी बहिनी र डाक्टर तरुणकुमारले नक्कली प्रेस्क्रिप्सन बनाएको उनको आरोप छ ।
रियाका अनुसार यस विषयमा सुशान्त र उनको विवाद भयो र त्यसपपिछ सुशान्तले उनलाई आफ्नो घर जान दबाब दिए। किनकि सुशान्तका साथ उनकी दोस्री बहिनी मितु सिंह आएर बस्नेवाला थिइन् ।
उसो त यस घटनामा सीबीआईले रिया चक्रवर्ती स्वयंविरुद्ध अनुसन्धान गरिरहेको छ । मुम्बई प्रहरीले आत्महत्या भनेको थियो। तर सुशान्तका बुबाले यसलाई अस्वीकार गर्दैै घटना अनुसन्धान गर्न माग गरेका थिए । सोही बमोजिम घटनाको अनुसन्धान भइरहेको हो । तर अहिलेसम्म यस विषयमा खासै प्रगति हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ । अनुसन्धानको क्रममा प्रहरीले रियाका भाइ शोभितलाई पनि गिरफ्तार गरेको छ ।