कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेस युवा नेता गगन थापाले कोइरालाको स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको बताए ।

उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पुनः स्वाब लिइएको थियो । पुनः परीक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आएको बताइन्छ ।



गगनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढ्ने क्रम निरन्तर छ। यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाज्यूलाई कोरोना संक्रमण देखिएको छ। महामन्त्रीज्यूलाई शीघ्र स्वास्थ्य लाभको कामना ! साथै वहाँको सम्पर्कमा आउनुभएका सबैले विशेष सतर्कता अपनाउनुहुन पनि अनुरोध गर्दछु।’

सम्बन्धित समाचार