नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

लमजुङ जिल्लामा कोरोना संक्रमितको संख्या २६६ पुगेको छ । संक्रमितमध्ये १२० जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । सक्रिय संक्रमितको संख्या भने १५७ जना रहेका छन् ।
आज देशभर ९०२ जनामा संक्रमण पुष्टि हुँदा लमजुङमा भने २ पुरुषमा संक्रमण पुष्टि भएको थियो । हालसम्म कोरोनाको कारण लमजुङमा कसैले ज्यान गुमाएको छैन ।

देशभर पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
आज २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । यसमध्ये ६ जनाको पछिल्लो २४ घण्टायता निधन भएको हो ।
