नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधामन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन् । नेता थापाले केही हप्ता अगाडि आफूहरुले प्रधामन्त्री ओलीलाई दुई हप्ता लकडाउन घोषणा गर्न सुझाब दिएको उल्लेख गर्दै दुई हप्तामा गर्नुपर्ने विभिन्न कामका विषयमा अवगत गराएको तर तीन हप्ता बितिसक्दा पनि सरकारका तर्फबाट कुनै काम नभएको आरोप लगाएका छन् ।
उनले कोरोनाको महामारीका बेला सरकार निषेधाज्ञा गर्न सीडीओका रुपमा र कोरोनाको आँकडा घोषणा गर्न स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रुपमा मात्रै उपस्थित भएको बताए । उनले संसद बन्द गरेर राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको आरोप समेत लगाए ।
उनले तीन हप्तासम्म जनता सरकारको आदेश मानेर बसे पनि सरकारसँग कुनै योजना नभएका कारण अवस्था थप संकटपूर्ण बन्दै गएको बताएका छन् । उनले सरकारले भोका जनताको जिम्मा सीडीओ र प्रवक्तालाई लगाएर आफू दुलोमा लुकेर बसेको भन्दै यसलाई रोक्न र सरकारले के के गरिरहेको छ भन्नेबारे जनतालाई जानकारी दिन समेत आग्रह गरे ।
‘हुँदा–हुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस् । सीडीओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस्’, बुधबार सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्, ‘अनेकन समस्याका बावजुद सीडीओको आदेश मानेर आमनागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् । स्वास्थ्यको क्षेत्रमा के केतयारी भयो ? संक्रमितको संख्या थपिंदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियोरु के–के गर्दै जाने योजना छ ? लकडाउन–निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो ?
के हामीले सरकारलाई देख्ने र सुन्ने निषेधाज्ञा घाेषणा गर्ने प्र.जि.अ.र काेराेना संक्रमणकाे अद्यावधिक गणना बाचन गर्ने प्रवक्ता मार्फत मात्र हो?@PM_Nepal @IshwarPokhrel @dhbhanu कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली बर्साउने हैन,तपाईंहरु अगाडि आएर जनतासँग संवाद गर्नुस। pic.twitter.com/oOiaZxd9dr
— Gagan Thapa (@thapagk) September 9, 2020
