पछिल्लो समय बलिउडमा आफ्ना भनाइद्वारा तहल्का मच्चाउने कंगना रानावतको अफिसमा चल्यो डोजर

बलिउड अभिनेत्री कंगना रानावटको मुम्बईस्थित कार्यालयमा डोजर चलाइएको छ । अवैध ढंगले निर्माण गरिएको भन्दै मुम्बई महानगरले कंगनाको कार्यालय भवनमा डोजर चलाएको हो ।

कंगना रानावटले ट्वीट गरेर घटनाप्रति विरोध जनाएकी छन् । उनले एकपटक फेरि मुम्बई प्रहरीको तुलना ‘पाकिस्तान अधिकृत कश्मीर’ सँग गरेकी छन् । उनको पछिल्लो यो अभिव्यक्तिले हंगामा मच्चिएको थियो । कंगना बुधबार मात्रै हिमाचल प्रदेशबाट मुम्बई फर्किँदै छिन्।



उनले बाटोबाटै ट्वीटमा भनेकी छिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट गइरहेकी छु, महाराष्ट्र सरकार र उनका गुण्डाले मेरो प्रोपटीमा अवैध तरिकाले तोडफोड गरेका छन् ।’

महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घन्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर पुगेका बीएमसीका कर्मचारी र मजदुरले अफिस भत्काएका हुन् ।

यसैबीच समाचार एजेन्सी एएनआईका अनुसार कंगनाका वकिलले मुम्बई हाई कोर्टमा बीएमसीको कारबाहीकाविरुद्ध उजुरी दायर गरेका छन् ।

सम्बन्धित समाचार