उपत्यकामा खुल्ने भए पसल, कुन बार केको पसल खुल्छ ?

उपत्यकामा जारी निषेधाज्ञा खुकुल्लो पार्दै यातायातका साधान सञ्चालन र व्यापार व्यवसाय गर्न सहज बनाइएको छ । यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रा चढाउन पाउने व्यवस्था गरिएको छ भने व्यापार व्यवसाय बिहान र बेलुकाको समयमा सञ्चाल गर्न पाउने सर्त राखिएको छ ।

खुल्ला स्थानमा जम्मा हुने मठमन्दिरमा नित्य पूजाबाहेका गतिविधि व्यापार व्यवसायमा स्वास्थ्य मापदण्डविपरीतका गतिविधिमा निषेध गरिएको छ । त्यस्तै, शैक्षिक संस्था संचालन, सभा गोठी पार्टी प्यालेस, शैलुन, ब्युटिपार्लर, जिमखाना पुस्तकालय पनि बन्द रहेनछन् ।



उपत्यकामा अत्यावश्यक वस्तु खरिद बिहान ७ बजेदेखी ११ बजेसम्म र बुलेका ५ बजेदिख ७ बजेसम्म गर्ने दिइने छ । त्यस्तै, अन्य व्यापार-व्यवसाय र पसल बारअनुसार खुल्ने निर्णय भएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल सोमबार, बुधबार र शनिबार खोल्न पाइने छ भने भाडा र भान्साका सामग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइने छ ।

यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ । सबारी साधन भने जाेर गते जोर साधन र बिजोरगते बिजोर साधन चल्ने भएका छन् ।

सम्बन्धित समाचार