मोबाइल चार्ज गर्दै गर्दा चट्याङ लागेर एकको मृत्यु

बागलुङको ताराखोलामा मोबाइल चार्ज गर्दै गर्दा चट्याङलागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोबाइल चार्जमा राख्ने क्रममा ताराखोला गाउँपालिका – ३ स्थित आफ्नै घरमा परेको चट्याङले बुधबार राति घाइते भएका भीमबहादु बस्नेतको उपचारमा क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी ताराखोलाका प्रमुख सई युवराज सलामिका अनुसार टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको थियो ।



युवाको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार