नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् । कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३१७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।
हिजो बुधवार नेपालमा १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको थियो । ९१८ जना संक्रमणमुक्त भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

