आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। यसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



यस्तै राति, देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता राति प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार