पछिल्लो २४ घण्टामा कोरोनाबाट कतिको मृत्यु भयो ?

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।

मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौँका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको छ ।



नेपालमा कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । शुक्रबार मात्रै अहिलेसम्मकै धेरै एकैदिन १ हजार ४ सय ५४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा ६ सय ९६ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार