नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।

पोखरामा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय वृद्ध रहेका छन् ।
उनको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि वृद्ध भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।
