सिन्धुपाल्चोक पहिरो अपडेट : ४ जनाको शव फेला, २७ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-७ घुम्थाङको नागपुजेमा गएको पहिरोमा पुरिएका ४ जनाको शव फेला परेको छ । उद्धारका लागि खटिएका नगरप्रमुख निमफुन्जो शेर्पाले ४ जनाको शव भेटिएको बताए । २७ जना बेपत्ता भएको र स्काभेटरको सहयोगले बेपत्ताको खोजी भैरहेको शेर्पाले जानकारी दिए ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको छ । लगातारको वर्षाले नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा १० घर पुरिएका थिए



पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार