नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

आइतबार बिहानै लमजुङमा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का २६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ३११ पुगेको छ । संक्रमितमध्ये १२३ जना भने उपचारपछि निको भएका छन् । संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९६८ पुगेको छ ।


