नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयन र मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल भएको स्रोतले बतायो ।
गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी कार्ययोजना तयार पारेको थियो । स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पूरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने, एमसीसीलाई परिमार्जन गरी अनुमोदन गर्ने लगायतका निर्णय गरेको थियो । साथै मन्त्रीपरिषद् पुर्नगठनको जिम्मा पनि दुई अध्यक्षलाई दिएको थियो ।
अध्यक्षद्धयबीच मापदण्ड बनाएरै नयाँ मन्त्रीहरु छान्ने विषयमा सहमति भएको बताइएको छ । साथै उनीहरुबीच असोज पहिलो सातामा नै मन्त्रिपरिषद् पुर्नगठन गर्ने पनि सहमति भएको स्रोतको दाबी छ ।
आजको भेटमा प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने पार्टी निर्णय कार्यन्वयनबारे पनि ओलीसँग राय मागेका थिए । ओलीले एकपटक गैतमसँग छलफल गरेर निर्णय लिने बताएका थिए ।
ओलीले निर्वाचन हारेको व्याक्तिलाई मन्त्री बनाउँदा जनमासमा नकारात्मक छाप पर्ने भन्दै पार्टी काममै समय दिन गौतमलाई आग्रह गर्ने बताएका थिए । मन्त्री नबन्ने स्थीतिमा गौतमले राष्ट्रियसभामा लैजान पनि आवस्यक नरहेको ओलीको बुझाइ रहेको छ । ओलीले गौतम मानेमा उनलाई सिफारिस गर्न लागिएको ठाउँमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ल्याएर अर्थ मन्त्रालयको जिम्मेबारी सुम्पने तयारी गरेका छन् ।

