नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
महाराष्ट्र सरकार, शिवसेना नेता सञ्जय राउत र कंगना रनौतबीचको वाकयुद्ध पुनः एकपटक उठेको छ । हालै सञ्जय राउतले सेनाको मुखपत्र ‘सामना’ मा लेखेको कुरापछि कंगना उनीप्रति एकपटक फेरि आक्रोशित भएकी हुन् ।
राउतले लेखेका छन्, ‘यो दुर्भाग्यपूर्ण कुरा हो कि कंगनाले मुम्बईलाई पीओकेसँग तुलना गर्दा पनि मुख्य विपक्षी पार्टी बीजेपी उनलाई समर्थन गरिरहेको छ ।’ राउतको यही कुरामा आक्रोशित हुँदै कंगनाले ट्विटरमार्फत आफ्नो आक्रोश व्यंग्यात्मक रुपमा पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘वाह ! दुर्भाग्यवस, बीजेपीले यस्तो व्यक्तिलाई बचाइरहेको छ जसले ड्रग्स र माफियाको पर्दाफास गरेका छन्, यसको सट्टा बीजेपीले शिवसेनाका गुन्डाहरू लगाएर मेरो मुख फोर्ने वा मेरो बलात्कार गर्न लगाउनुपर्ने होइन र सञ्जयजी ? आखिर उनको (बीजेपी) को हिम्मत कसरी भयो एक महिलालाई बचाउन जो माफियाविरुद्ध खडा भएका छन् ?’
कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेदेखि शिवसेना कंगनालाई आक्रमण गरिरहेको छ । उक्त तुलनामा कंगनाले ‘फिल्म माफिया’ भन्दा मुम्बई प्रहरीसँग बढी डराउने भनेकी छिन् ।
With a heavy heart leaving Mumbai, the way I was terrorised all these days constant attacks and abuses hurled at me attempts to break my house after my work place, alert security with lethal weapons around me, must say my analogy about POK was bang on. https://t.co/VXYUNM1UDF
— Kangana Ranaut (Modi Ka Parivar) (@KanganaTeam) September 14, 2020