नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

स्याङ्गजाको चापाकोट नगरपालिका–७ बस्ने हुमनाथ ढकाल र उनकी श्रीमती सरिता ढकालले बाख्रापालन व्यावसाय शुरु गरेको केही समय भयो । उनीहरुको फार्ममा हाल ४० माउ बाख्रासहित ७० वटा बाख्रा छन् । ढकाल दम्पत्ति बाख्रापालन व्यावसायबाट मासिक रु ५० हजार कमाइ गर्न सफल छन् ।
पछिल्लो समयमा नेपालमा पशुपालन व्यावसाय, कुखुरा पालन, दुधको लागि गाइ र भैंसीपालन तथा विभिन्न फलफुलको खेती गर्ने मानिसहरुको संख्या बढिरहेको छ । कति मानिसहरु त विदेश नगइकन कृषि व्यवसायमा काम गरी राम्रै आम्दानी गरेका छन् ।
नेपालमा वर्षेनी करोडौं रुपैयाँको तरकारी र मासुको लागि खसीबोका तथा कुखुराहरु भारतबाट आयात गर्ने गरिन्छ । यसको सट्टा यी कुराहरुमा नेपालमै युवा तथा स्वरोजगारदाताहरुलाई निम्न ब्याजदरमा ऋण दिई यसको प्रवद्र्धनमा सरकार लागि कृषि तथा मासुमा नेपाल आत्मनिर्भर हुनुपर्दछ । यसले नेपालीहरु अरब र खाडी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य हुन जान्छ ।
