प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति हुने कुरामा नारायणकाजी विश्वस्त

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुने कुरमा आफू विश्वस्त रहेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङको आइतबारबाट पदावधि सकिएको छ । सोमबार साँझ बस्ने मन्त्रिपरिषद बैठकले नयाँ कार्यकारी निर्देशकका बारेमा निर्णय गर्नेछ ।

मन्त्रिपरिषद बैठक अघि नै प्रवक्ता श्रेष्ठले प्रधिकरणमा घिसिङको पुनर्नियुक्ति हुने विस्वास व्यक्त गरेका हुन् । निर्देशक घिसिङले प्राधिकरणको निर्देशक भएपछि ऊर्जाका क्षेत्रमा पु-याएको योगदान नेपाली जनताले कहिल्यै नबिर्सने भन्दै उनको योगदान अझै आवश्यक रहेको बताएका छन्।



‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’, सोमबार सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।’

सम्बन्धित समाचार