मेयर दम्पत्तीमा कोरोना, ज्वरो उच्च आएपछि किष्ट अस्पतालमा उपचार हुँदै

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ सहित उनकी पत्नीमा पनि कोरोना पुष्टि भएको छ । श्रेष्ठ दम्पत्तीमा कोरोना पुष्टि भएपछि ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले हाइ फिभरको कन्डिसनमा मेयर श्रेष्ठ किस्ट अस्पताल आएको र उपचार सुरु गरिएको बताए ।



अहिले दुबै जनाको सामान्य रहेको पनि उनले बताए । कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो । मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार