शाजिद खानलाई लाग्यो यौन उत्पीडनको आरोप, चलचित्रमा काम दिन कपडा खोल्नुपर्ने सर्त राख्दथे

भारतका चर्चित चलचित्रकर्मी शादिज खानलाई फेरि यौन उत्पीडनको आरोप लागेको छ । मोडल डिम्पल पालले शाजिदले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी छन् ।

आफ्नो इन्स्टाग्राममा पोस्ट राख्दै आफू १७ वर्षको हुँदा साजिदले चलचित्र हाउसफूलमा भूमिका दिने सर्तमा आफूलाई सबै कपडा खोल्न भनेको बताएकी छन् । उनले आफू भारतमा मिटु मुमेन्ट चल्दा परिवार पाल्नुपर्ने बाध्यताले गर्दा शाजिद खानको विरुद्धमा बोल्न नसकेको उल्लेख गरेकी छन्।



अहिले आफू परिवार पाल्नु जिम्मेवारी नरहेको आफूले मुख खोलेको उल्लेख गरेकी छन् । शाजिदले आफूसँग फोहोर बोल्ने, छुन खोज्ने गरेको बताएकी छन् । आफूजस्ता कतिलाई यो समस्या परेको हुनसक्ने भन्दै त्यतिबेला बच्चा भएकोले बोल्न नसकेपनि अहिले बोलेको बताएकी छन् ।

शाजिदमाथि अन्य ४ मोडलहरुले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

 

सम्बन्धित समाचार