नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
गायिका निकलो सेर्जिङ्गरले इन्स्टाग्राममा राखेको तस्वीरहरु अहिले भाइरल बनेका छन् । इन्स्टामा रहेका ४५ लाख फ्यानहरुले खुलेर उनको तारिफ गरेका छन् ।
तस्वीरमा ४२ वर्षीया निकोल अहिले पनि उत्तिकै आर्कषक देखिएकी छन्, जति बेला उनी सांगीतिक क्षेत्रमा प्रवेश गर्दा देखीएकी थिइन्- यो अरुले होइन, उनका फ्यानहरुले गरेको प्रशंसा हो । पुसीक्याट डल्स गायन समूहकी गायिका निकोलले तस्वीरमा क्यारमालाई फेस गर्दै आफ्नो चञ्चले पना देखाएकी छन् ।
निकोलले तस्वीरका साथसाथै आफूले एक बच्चालाई जन्म दिन गइरहेको घोषणा समेत गरेकी छन् । यसको लागि लण्डनमा घरको खोजी गरिरहेको उनले जनाएकी छन् । लकडाउन सकिएपछि घर खरिद गर्ने उनले बताएकी छन् ।
https://www.instagram.com/p/CFITPSMD8Ar/