नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
काठमाडौं उपत्यकामा मंगलबार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२२ महिला र ४५४ पुरुष गरी थप ६७६ कोरोना संक्रमित थपिएका हुन् ।
आज काठमाडौंमा ५५५ (१६९ महिला, ३८६ पुरुष), भक्तपुरमा ८६ (३७ महिला, ४९ पुरुष), ललितपुरमा ३५ (१६ महिला, १९ पुरुष) मा कोरोना पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन । यस्तै आज उपत्यकामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ८६ वर्षिया महिला र ३४, ९६, ६६ वर्षिय तीन पुरुष रहेका छन् ।
आज देशभर एक हजार ४५९ जनामा कोरोना संक्रमण देखिएको छ ।