नवकान्तिपुर संवाददाता
काठमाडौं
सरकारले एक रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा राख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको हो।
सरकारले नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल्यानका लागि स्वीकृति दिएको छ। लिपुलेक र लिम्पियाधुरा सहित जारी गरिएको नयाँ नक्सा उक्त सिक्कामा राखिने नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
सरकारको यो निर्णयसँगै नेपाल राष्ट्र बैंकले नयाँ सिक्काको प्रक्रिया अगाडि बढाउन सक्नेछ।