नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालालाई कोभिड–१९ को लक्षण देखिएपछि आइसीयूमा भर्ना गरिएको छ । हिजो बेलुका एक्कासी ज्वरो आएपछि उनलाइ ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए ।
‘हिजो राती एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ, अहिले ज्वरो छैन,’ तिवारीले भने । उनका अनुसार अब ४–५ दिन अस्पतालमै राखेर उपचार जारी गरिनेछ ।
अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ । महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोइरालामा कोरोना संक्रमणको पुष्टी भएदेखि नै होम आइसोलेसनमा रहँदै आएका थिए।
