नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
बलिउडकी अभिनेत्री कंगना रनौतले मुम्बई उच्च अदालतमा मुम्बई महानगरपालिकाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्तिको माग गरी मुद्धा दायर गरेकी छन् ।
सेप्टेम्बर ९ मा कंगनाको बान्द्रास्थित कार्यालय भवनको केही हिस्सा महानगरपालिकाको मापदण्ड विपरित बनेको भनेर भत्काइएको थियो ।
उनको भवनको ४० प्रतिशत हिस्सा जसमा भौतिक सम्पतिहरुमा महानगरपालिकाको २४ घण्टे सूचना प्रशारणपछि डोजर चलाइएको थियो । भवन भत्काइदै गर्दा कंगनाले मुम्बईको उच्च अदालतमा महानगरपालिकाको क्रियाकलाप रोक्नको लागि निवेदन दिएकी थिइन् ।
मंगलबार १५ पृष्ठको निवेदन अदालतमा बुझाएकी छन्, जसमा २ करोड क्षतिपूर्तिको माग गरिएको छ ।